युवा फोटोग्राफर दृष्टान्त विडारी 'रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७८' बाट सम्मानित भएका छन्। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले बुधबार एक कार्यक्रमबीच विडारीलाई पुरस्कृत गरेको हो।
‘रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७८’ र 'रामहरि केबी स्मृति फोटो पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८' वितरण गरेको छ। समूहले यस वर्ष फोटोग्राफी मार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो।
अधिवक्ता एवम् पत्रकार ऋषि केबीले स्वर्गीय पिता रामहरि केबीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन्।कार्यक्रममा स्वर्गीय केबीको बुहारी पुण्यशीला श्रेष्ठले सम्मानित हुने दुवै जनालाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन्।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, सल्लाहकार बालकृष्ण अधिकारीलगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
बुधबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले धर्मेन्द्र दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको थियो।