एकबिहान पाटनस्थित आफ्नो कोठामा सुतिरहेका बेला थोमस बम पड्किएको आवाजले ब्युँझिए।
उनी दौडिँदै घटनास्थल पुगे।
प्रहरीले घटनास्थल जान रोक लगायो।
थोमसलाई त्यसबारे स्टोरी लेख्नुपर्छ भन्ने लाग्यो। तर के लेख्ने थाहा थिएन।
उनी त्यति बेला बेलायती पत्रिकाहरू डेली टेलिग्राफ, स्कट्सम्यान र इकोनोमिस्टमा समाचार र लेखहरू पठाउँथे। कति छापिन्थे, कति छापिन्थेनन्। तिनैमध्ये स्कट्सम्यान पत्रिकाले पाटनको उक्त घटनाबारे चार सय शब्दको समाचार पठाउन भन्यो। उनले लेखेर पठाए पनि, तर छापिएन।
अन्तर्राष्ट्रिय अखबारहरूले भनेअनुसार समाचार पठाउन सूचनामा बलियो पहुँच हुनुपर्छ भन्ने उनले बुझे। यसनिम्ति उनले काठमाडौंका स्थानीय पत्रकार र सम्पादकहरूसँग सम्बन्ध विस्तार गरे। उनीहरूसँगको भेटघाटले यहाँको स्थितिबारे सूचना बटुल्न सहयोग पुग्यो।
माओवादी द्वन्द्वको स्थलगत रिपोर्टिङ अन्तर्राष्ट्रिय पाठकहरूलाई रूचिपूर्ण हुन्छ भनेर उनी समाचार संकलन गर्न बाग्लुङ, सुर्खेत, नेपालगन्ज लगायत मध्य र सुदूरपश्चिमका विभिन्न विकट ठाउँसम्म पुगे। त्यो बेला माओवादीका भूमिगत केन्द्रीय नेताहरूसँग भेट्न गाह्रो भए पनि उनले थुप्रै जिल्लास्तरीय नेताहरूसँग भेटे र तिनै नेतासँग कुराकानी गरेर लडाइँको हालचालबारे स्टोरी लेखे।
करिब २० वर्षअघि स्वतन्त्र अन्तर्राष्ट्रिय पत्रकारका रूपमा नेपाल आएका बेलायती नागरिक थोमस बेलले समाचार मात्र होइन, दुईवटा किताब पनि लेखिसके।
नेपाल बसाइकै क्रममा स्थानीय पत्रकार सुबिना श्रेष्ठसँग उनको विवाह पनि भयो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)