भारतको महाराष्ट्र र झारखण्ड विधानसभा चुनावको मतगणना जारी छ।
झारखण्डमा सुरूवाती अग्रता लिएको भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन बिहान १० बजेपछि पछाडि परेको छ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार झारखण्डका सबै विधानसभा सिटमा मतगणना भइरहेको छ। पछिल्लो परिणाम अनुसार त्यहाँका ८१ मध्ये ५० सिटमा झारखण्ड मुक्ति मोर्चा र कंग्रेस आई सम्मिलित गठबन्धनले अग्रता लिएको छ।
भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवारले २९ सिटमा अग्रता लिइरहेका छन्।
झारखण्डमा बहुमतका लागि ४१ सिट जित्नुपर्छ।
त्यस्तै महाराष्ट्रका कुल २८८ सिटमध्ये अहिले २८७ सिटको मतगणना भइरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
तीमध्ये २०९ सिटमा भाजपा नेतृत्वको गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन्। कांग्रेस आईसहितको गठबन्धनका उम्मेदवारहरू ६८ ठाउँमा मात्रै अगाडि छन्।
महाराष्ट्रमा बहुमतका लागि १४५ सिटमा जित आवश्यक रहन्छ।