सनराइज बैंकले बर्दिबासका विपन्न विद्यार्र्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आज बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ५० जनालाई शैक्षिक सामग्री वितरण गरेको हो।
कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो।
बैंकको मधेश प्रदेश प्रमुख दीपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्गबहादुर सिंहले संयुक्त रुपमा सामग्री वितरण गरेका हुन्। बैंकले विद्यार्र्र्थीहरुलाई विद्यालय जान प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्यले कार्यक्रम गरेको जनाएको छ।
विद्यालयका प्रधानाध्यापक दिलीपकुमार तिवारीले बैंकलाई धन्यबाद दिए।