बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपर हेवाखोला हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ ।
कम्पनीको ५० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको १५ लाख कित्ता, आयोजना प्रभावितलाई निष्कासन गरेको ५ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३० लाख बराबरको सेयर नेप्सेमा सूचीकृत गराएको हो।
कम्पनीले पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँको मूल्य रेञ्ज पाएको छ। सूचीकृत भएको उक्त सेयर बिहीबारदेखि कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीहरुलाई पहिलो कारोबारको लागि उनीहरुको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ । कम्पनीको कारोबारको लागि संकेत 'युएचइडब्लुए' रहेको छ।
कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनएबी क्यापिटल, नागपोखरी, काठमाडौंबाट हुने समेत जनाएको छ।