इष्टर्न हाइड्रोपावर कम्पनीको आइपिओ आइतबार बाँडफाँट भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि गत भदौ ७ गतेदेखि २८ गतेसम्म ६ लाख २० हजार कित्ता आइपिओ बिक्री खुला गरेको थियो।
जसमध्ये रीतपूर्वक आवेदन गर्ने आवेदकलाई ५ लाख ५९ हजार ६९० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
बाँकी रहेको ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन।
बाँकी रहेको उक्त सेयर थप गरेर कम्पनीले सर्वसाधारणहरूको लागि आइपिओ जारी गर्नेछ।