नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभुति गर्ने भएको छ।
मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।
कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१:०.७५ को अनुपात) ले हुने एक अर्ब २० कारोड रुपैयाँको एक करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
सो सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेका हुन्।