नेपाल बैंकले बडा दशैंको अवसरमा संदेशमूलक दसैं भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ।
दसैंमा बाल बच्चाहरूको मामाघर प्रतिको मोह तथा बाल मनोविज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्वहरूमा दिदिभाई दाजुबहिनीहरूको माया ममता तथा सम्झनालाई समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ।
करिब तीन मिनेटको यो भिडियोमा छोरीको बुद्दिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ भने दसैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएकी छन्।
सानो छदाँको दिदिभाईको माया स्नेह विवाह पश्चात विस्तार कम हुँदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदिभाई तथा दाजुबहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने संदेश समेत भिडियोले दिएको छ।
त्यसैगरी डिजिटल बैंकिङको प्रयोगलाई प्रवर्द्धन गर्ने मनसाय समेत भिडियोमा देखिएको छ। बैंकले आफ्नो आधिकारीक फेसबुक पेज र युटुवमार्फत सो भिडियो सार्वजनिक गरेको हो।
बैंकले नेपालभर २१९ शाखा, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको छ।