सिद्धार्थ बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिससँग साझेदारी गर्दै पूर्ण रूपमा भर्चुअल ‘सिद्धार्थ फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को मैदानमै आयोजित कार्यक्रम मार्फत बैंकका उप–मुख्य कार्यकारी अधिकृत रामेश्वर प्रसाद बास्यालले कार्ड अनावरण गरेका थिए।
यो कार्ड सिद्धार्थ बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि उपलब्ध छ। जसले कुनै पनि फिजिकल कार्ड बिना देशभरका १८ लाख फोनपे व्यापारीमा छिटो, सुरक्षित र कन्ट्याक्टलेस भुक्तानी गर्न सकिने सुविधा दिन्छ।
इन्स्टेन्ट एक्टिभेसन, रियल–टाइम कन्ट्रोल र उन्नत सुरक्षा यसको प्रमुख विशेषता हुन्।
विशेष प्रचार योजनाका रूपमा नयाँ प्रयोगकर्ताले अधिकतम सात हजार पाँच सय रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारका अनुसार यो साझेदारीले नेपाली उपभोक्तालाई पूर्ण डिजिटल, सुरक्षित र सजिलो क्रेडिट अनुभव प्रदान गर्दै देशमा डिजिटल वित्तीय समावेशीकरणलाई थप गति दिनेछ।
सिद्धार्थ बैंक सहित अहिले फोनपे क्रेडिट कार्ड सेवा ८ प्रमुख बैंकका ग्राहकले उपयोग गर्न सक्छन्।