दाङ घोराहीको गोग्लिस्थित घोराही सिमेन्ट उद्योगको उत्पादन गुणस्तरहिन भएको पाइएको छ। उक्त उद्योगले उत्पादन गरेको ओपिसी सिमेन्ट गुणस्तरहिन भएको पाइएपछि प्रशासनले उत्पादनमा रोक लगाउन पत्राचार गरेको छ।
जिल्ला प्रशासन कार्यालय वर्दियाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गर्दै घोराही सिमेन्ट उद्योग गुणस्तरहिन रहेको तथा नापतौल विभागबाट गुणस्तर अनुरुप नभएको भन्दै तत्काललाई सिमेन्ट उद्योगको उत्पादन र बिक्री वितरण रोक्न आग्रहसहित पत्राचार गरेको छ ।
गत जेठ ३१ गते बर्दियाको गुलरिया नगरपालिकामा बजार अनुगमनको क्रममा दाङबाट उत्पादित सगरमाथा ब्राण्डको घोराही सिमेन्ट उद्योगको ओपिसी सिमेन्टको नमूना गुणस्तर तथा नाप तौल विभागमा गुणस्तर परीक्षणको लागि पठाइएकोमा गुणस्तर अनुरुप नभएको परीक्षण प्रतिवेदन प्राप्त भएको भन्दै वर्दिया जिल्ला प्रशासनले जिल्ला प्रशासन कार्यालयलाई उसको उत्पादन तथा विक्रि वितरण रोक्न आग्रहगर्दै पत्राचार गरेको छ।
बर्दिया प्रशासनले घोराहीस्थित सिमेन्ट उद्योगलाई कालो बजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारवाही गर्नको लागि प्रकृया अगाडि बढाईएको बर्दिया प्रशासनले जानकारी समेत दिएको छ। जिल्ला प्रशासन कार्यालय वर्दियाका सूचना अधिकारी महेन्द्र जङ्ग शाहीद्वारा हस्ताक्षरीत प्रेस नोटमा गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर एकिन नभएसम्म सिमेन्टको उत्पादन बिक्री वितरण रोक्का राख्न जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिएको छ।