दाङ, तुलसीपुरको एउटा कृषि फर्ममा आगलागी भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारास्थित शिवमाया बहुउद्देश्य कृषि फर्ममा बुधबार दिउँसो लागलागी भएको थियो।
आगलागीबाट झन्डै ८ लाख जतिको क्षति भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
मध्यान्ह १२ बजेतिर आवश्यक सावधानी अपनाउन नसक्दा फर्ममा आगो लागेको अनुमान गरिएको प्रहरीले बताएको छ। फर्मले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिनबाट आगो सल्किएको भन्ने जानकारी कार्यरत मजदूरले जानकारी दिएका छन्।
फर्मका प्रोप्राइटर भागवत कमलापुरीले पनि उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको जानकारी दिएका छन्।
आगलागीबाट उक्त कृषि फर्ममा उत्पादन गरिएको चिप्स र नमकिन नष्ट भएको जानकारी दिइएको छ। फर्मका सञ्चालकले भने उत्पादनका साथै उपकरणमा समेत क्षति पुगेको बताएका छन्।
उक्त शिवमाया कृषि फर्ममा रिजम तथा प्रधानमन्त्री आधुनिकीकरण कृषि कार्यक्रमको पनि लगानी रहेको छ।