नेपालमा जेसिबीका अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्सले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसिबी मेसिनका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ।
अभियान २० नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म चल्नेछ।
ग्राहकले तालिमप्राप्त प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन्।
कम्पनीले जेन्युइन जेसिबी लुब्रिकेन्ट र स्पेयर पार्ट्समा १५ प्रतिशत तथा अधिकृत वर्कसपमा सर्भिस/मर्मतमा २० प्रतिशत छुट प्रदान गर्नेछ।
अभियान देशभरका १२ जेसिबी शाखा—काठमाडौं, पोखरा, चितवन, बिरगञ्ज, बुटवल, सुर्खेत, धनगढी, नेपालगञ्ज, दाङ, जनकपुर, इटहरी र बिर्तामोड—मार्फत उपलब्ध हुनेछ।