आजका तस्बिरहरू- भदौ ३०
मनमोहक दृश्यकाभ्रेको मन्डन देउपुर नगरपालिकाको कुन्ताबेसी आसपासमा रहेको चनौटे र आसीखोला किनारको सुन्दर धान खेती। तस्बिर : विमल पौडेल 'आभाष'
परीक्षा दिने तयारीआजदेखि सुरू भएको कक्षा १२ को परीक्षा दिन जाँदै काठमाडौंकी एक छात्रा। तस्बिरः नवीन बाबु गुरूङ/सेतोपाटी
विश्वकर्मा बाबाको मूर्ति तयारीअसोज १ गतेका हुने विश्वकर्मा पूजाका लागि विश्वकर्मा बाबाको मूर्तिलाई अन्तिम रंगरोगन गर्दै कामदार। तस्बिरः निशा भण्डारी/सेतोपाटी
चङ्गा उडाउँदैबल्खुस्थित बागमती किनारमा चङ्गा उडाउदैं एक बालक। तस्बिरः निशा भण्डारी/सेतोपाटी
इन्द्रजात्राको देवी नाचआजदेखि सार्वजनिक प्रदर्शनमा आएको येंया पुन्ही (इन्द्रजात्रा) मा देखाइने देवी नाच किलागलको मुख्य डबलीमा। तस्बिरः नवीन बाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्