वर्षाले अवरूद्ध जोमसोम—कागबेनी सडक सञ्चालन । पहिरोले सडक भाँसिएपछि शुक्रबार बिहानदेखि अवरूद्ध जोमसोम—कागबेनी सडक भर्खरै सञ्चालनमा । जिल्ला प्रशासन कार्यालयको पहलमा डोजरले सडक मर्मत गरेपछि जोमसोम—कागबेनी सडक सञ्चालनमा आएको हो। तस्बिरः सुन्दरकुमार थकाली/रासस
झोलुङ्गे पुल । बैतडीको पुर्चौडी नगरपालिका-१ को वारि भकुड र पारि भकुड जोड्ने झोलुङ्गे पुल। तस्बिर: डम्बर बोहरा/रासस
कुहिरोले ढाकेको विदुर । नुवाकोटको बेलकोटगढीबाट शनिबार देखिएको कुहिरोले ढाकेकाे जिल्ला सदरमुकाम विदुरसहित आसपासका क्षेत्र र पृष्ठभूमिमा लाङटाङ, गणेश हिमाललगायत हिमश्रृङ्खला। तस्बिर: रामहरि न्यौपाने/रासस
पाल्पा र स्याङ्जाको संगमस्थल । हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा लागेको धार्मिक मेलामा दर्शनार्थीहरू। तस्बिर : भगवती पाण्डे
हरिबोधिनी एकदशीमा तोरणले सिँगारिएको पशुपतिनाथ । आज हरिबोधिनी एकादशी मनाइँदै छ। सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पुजापाठ गरी हरिबोधिनी एकादशी मनाउँछन्। यसलाई ठूलो एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र सजाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी