चिटिक्क विद्यालयशुक्लाफाँटा नगरपालिका-३ मा रहेको जनज्योति आधारभूत विद्यालय भवन र प्राङ्गण। तस्वीर: राजेन्द्रप्रसाद पनेरु, रासस
पर्खाइको पीडाकाठमाडौंको मिनभवनस्थित सिभिल सर्भिस अस्पतालमा भिडिओ एक्स–रे परीक्षणका लागि लाइनमा राखिएका बिरामीका टिकट। बिहान झिसमिसे अँध्यारोमा लाइनमा बसेर दिनभरमा पनि पालो नपाउने बिरामीको गुनासो छ। तस्वीर: सिबी अधिकारी, रासस
जलमग्न दुलेगौडा बजारआइतबार दिउँसोदेखि साँझसम्म वर्षा भएपछि जलमग्न अवस्थामा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित दुलेगौडा बजार। पानी बग्ने उचित व्यवस्थापन नहुँदा हरेक वर्षामा यस ठाउँ जलमग्न हुने गरेको छ। तस्वीर: कृष्ण न्यौपाने/रासस
लिम्बू जातिको मौलिकता झल्कने घरसंखुवासभाको सिमाना नजिकै पर्ने तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं ३ बसन्तपुरमा निर्माण गरिएको लिम्बू जातिको मौलिकता झल्कने घर। पार्क नगरपालिकाको करिब १४ लाख रुपैयाँमा निर्माण गरिएको हो। तस्वीर: भविन कार्की, रासस
आगलागी नियन्त्रणको अभ्यास गर्दैम्याग्दीको बेनीमा सोमबार आगलागी नियन्त्रणको अभ्यास गर्दै सुरक्षाकर्मीहरू। जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा निकायको सहयोगमा आगलागी नियन्त्रणको अभ्यास गरेको हो। तस्वीर: सन्तोष गौतम, रासस