आजका तस्बिरहरू- वैशाख १६
अभ्यास
काठमाडौंको धुम्बाराहीस्थित शंखपार्कमा शारीरिक अभ्यासको क्रममा साथीलाई काँधमा बोकेर तालिम गर्दै नेपाल प्रहरीका जवानहरू। तस्विर : नवीनबाबु गुरूङ/सेतोपाटीअभ्यास
अभ्यास
बन्दै गरेको झोलुङ्गे पुलकैलालीको घोडाघोडी नगरपालिका–४ स्थित कान्द्रा खोलामा बन्दै गरेको झोलुङ्गे पुल। सो पुलको निर्माण कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। तस्वीर: मीन ठकुरी/रासस
अभ्यास
सडक सुन्दरतादाङको जिल्ला समन्वय समितिको द्वारमा फुलेको फूलले बटुवाको मनै लोभ्याउनुका साथै सडकका सौन्दर्यता बढेको छ। तस्वीर: रञ्जिता अधिकारी/रासस
अभ्यास
भारतीय पर्यटकपोखराको गौरीघाटस्थित फेवाताल छेउमा भिजिट नेपाल लेखिएको फेममा तस्वीर कैद गर्दै भारतीय पर्यटक। पछिल्लो समय पोखराको लेकसाइड लगाए आसपासका क्षेत्रमा भारतीय पर्यटकको आगमन बढ्दै गएको छ। तस्वीर: राधिका कँडेल/रासस
अभ्यास
दरवाङ म्याग्दी खोलाको सुरूङम्याग्दीको मालिका गाउँपालिका–६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरूङ। धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको यो आयोजना निर्माणले तीव्रता पाएको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्