दाङ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले विकास योजना र बजेटहरु सार्वजनिक गरेका छन्।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आफ्ना विकासे योजनाहरु छनोट गरि ४ करोड बजेटलाई विभिन्न शिर्षकमा विनियोजन गरेको जानकारी दिएका छन् ।
कूल ४ करोड बजेट मध्ये महराले सबैभन्दा बढी बंगलाचुलीस्थित कमिरेचौरमा १५ शैय्याको अस्पताल निर्माण र मावी दुधरासमा प्राविधिक शिक्षाका लागि भवन निर्माणमा ५०/५० लाख रकम विनियोजन गरेको जानकारी दिएका छन् ।
त्यसैगरी बंगलाचुलीकै लाहापे सामुदायिक स्वास्थ्य इकाई निर्माणका लागि २५ लाख, स्यूजा टुसार–जरुवा मोटरबाटो निर्माणका लागि २५ लाख, घोराही १२ को मावि निघुवारको प्राविधिक कृषि शिक्षा भवन निर्माणका लागि २५ लाख, घोराही ६ फचकपुर–पक्वै–बचाह– जोड्ने वैरहीसोतामा पुल निर्माणका लागि २५ लाख, घोराही ९ एकलघरुवा डिप ट्युवेल वितरण प्रणाली निर्माण गर्न २५ लाख विनियोजन गरिएको छ।
महराले आफ्नो क्षेत्र अन्तर्गतको घोराहीमा बजारमा बधशाला निर्माणका लागि १५ लाख, घोराही १७ मा सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि १५ लाख, सर्वोदय पुस्तकालयको भवन निर्माणका लागि १५ लाख, घोराही ४ ढुङ्गेडाँडामा डिपबोरिङका लागि १५ लाख, घोराही १३ बाँसबोट–बडहरा–लाहुरेडाँडा–तेरौटे स्कुल हुँदै अटो भिलेज पक्की नालासहित सडक स्तरोन्नतिका लागि १५ लाख, सहिद स्मृति विद्यालयका लागि १५ लाख, तुलसीपुर १६ डोक्रेना बर्दियाडाँडामा डिप बोरिङ निर्माणका लागि १५ लाख, घोराही ८ दुन्द्रा–वेलनी पक्की बाँध र नहर निर्माणका लागि १५ लाख र घोराही ११ नयाँबगाले–पालुथान–खुङ्कोट–चाँचला मोटरबाटो निर्माणका लागि १५ लाख विनियोजन गरिएको जानकारी दिएका छन् ।
त्यसैगरी घोराही १७ बर्गदीमा सहिद स्मृति पार्क निर्माणका लागि १० लाख, घोराही १९ लाँकुरीबजार–घोरधारा–स्वर्गद्वारी सडक निर्माणका लागि १० लाख, घोराही १८ सुपैलाखुटी लिफ्ट सिचाइका लागि ट्रान्सफर्मर र कुला निर्माणका लागि १० लाख र तुलसीपुर १९ खैरेनी ग्वारखोलामा तटबन्ध निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटमा शिक्षा क्षेत्रको पूर्वाधार विकासका लागि सबैभन्दा बढी १ करोड २० लाख विनियोजन गरिएको छ भने स्वास्थ्यतर्फ ७५ लाख, सडक र पुलपुलेसातर्फ ९० लाख, सिचाई तथा खानेपानीतर्फ ९० लाख र बधशाला तथा सहिदपार्क निर्माणतर्फ २५ लाख बजेट विनियोजन गरिएको छ ।
कहाँ कति?