दाङ देउखुरी जिल्ला अदालतले करणी मुद्धामा ६ बर्ष कैद सजाय तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ परेका छन् ।
अदालतको फैसला पछि लुकिछिपी बस्दै आएका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ निवासी २९ बर्षीय खुमबहादुर चौधरी पक्राउ गरेको जानकारी ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले दिएका हुन् ।
चौधरी माथि १४ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालतले कसुरदार ठहर गर्दै २०७२ साल पुस ६ गते ६ वर्षको कैद फैसला सुनाएको थियो ।
परिवर्तित नाम थर कमला नेपालीको जाहेरीको आधारमा जिल्ला अदालतले चौधरी विरुद्ध उक्त फैसला गरेको थियो ।
पुस ५ गते घरवाटै पक्राउ परेका चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतको आदेशमा तोकिएको सजाय भुक्तानको लागि तुलसीपुर कारागारमा चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।