निर्वाचन आयोगले चुनावको खर्च विवरण नबुझाउने उम्मेदवारको छुट्टै विवरण पठाउन निर्देशन दिएको छ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै खर्च विवरण नबुझाउनेको उम्मेदवारको विवरण राखेर पठाउन निर्वाचन कार्यालयलाई निर्देशन दिएको हो।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचार-प्रसारमा गरेको आफ्नो खर्चको विवरण ३० दिनभित्र बुझाउनुपर्छ।
तर त्यसअनुसार अहिलेसम्म बुझाए/नबुझाएको यकिन गरी बुझाउने र नबुझाउने उम्मेदवारको विवरण छुट्टै पठाउन निर्देशन दिएको हो।