प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले सरकारले आगामी आर्थिक वर्षको बजेटबाट ‘भूमि बैंक’ स्थापना गर्ने अवधारणा कटौती गरेकोमा आपत्ति जनाएकी छन्।
सांसद पौडेलले भूमिहीन किसानलाई खेती गर्नका लागि जमिन उपलब्ध गराउने अवधारणासहित केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमि बैंक स्थापना गर्ने अवधारणा ल्याएको उल्लेख गर्दै त्यसलाई वर्तमान सरकारले कटौती गरेकोमा आक्रोश समेत व्यक्त गरिन्।
बिहीबार राष्ट्रियसभा बैठकमा विनियोजन बजेट २०७९ माथिको छलफलमा भाग लिँदै सांसद पौडेलले ८/१० वर्ष धेरै जोडबल गरेर ल्याइएको सो अवधारणालाई निरन्तरता दिन पनि सरकारसँग माग गरिन्।
बाँझो जमिन चाँडोभन्दा चाँडो खेती गर्ने किसानलाई दिने गरी सो अवधारणालाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।
सांसद पौडेलले संविधानमा नै भूमिहीन दलितलाई एक पटकका लागि जमिन दिने उल्लेख गरिए पनि सरकारले त्यसलाई कार्यान्वयनमा ल्याउन नचाहेको आरोप समेत लगाइन्।