प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्कीको घरअगाडि शंकास्पद बस्तु फेला परेको छ।
झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा रहेको कार्कीको घरअगाडि बाटोको पेटीमा तार जोडिएको कुकर देखिएको हो।
आज बिहान ५:३० बजे कुकर देखेपछि कार्कीले प्रहरीलाई खबर गरिएको थियो।
कार्कीले कसले किन उक्त कुकर राखेको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको र सेनाले निस्कृय पार्ने बताएका छन्।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले शंकास्पद बस्तु फेला परेको जानकारी आएकोले नेपाली सेनाको टोलीलाई पठाइएको सेतोपाटीलाई बताए।
‘शंकास्पद बस्तु फेला परेको छ। नेपाली सेनाको डिस्पोजल टोली पुगेको छ, त्यो के बस्तु हो बुझेर निस्कृय पार्नेछ,’ उनले भने।
पूर्वमन्त्री कार्की र एमाले जिल्ला अध्यक्ष दीपक कार्कीको घरअघि देखिएको कुकर हटाउने तयारी भइरहेको छ।