नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित बैठकमा उनले राजनीतिक तथा सांगठिन प्रतिवेदन प्रस्तुत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
यस्तै सम्मानित नेता झलनाथ खनालले पार्टीलाई अब कसरी लैजान सकिन्छ भन्ने विषयमा धारणा राखेको गरेको खतिवडाले बताए।
उनका अनुसार केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको समीक्षा प्रतिवेदनमा पाँच वटा विषय उठाएको छ।
राष्ट्रिय परिस्थित र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा चर्चा, गएको स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेका उपलब्धी, कमीकमजोरी र अबका सम्भावनाबारेमा प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए।
त्यस्तै पार्टीको संगठनात्मक अहिले कुन ठाउँमा छ र कसरी अगाडि बढ्नुपर्छ, आगामी दिनमा संगठनको कार्ययोजना कस्तो हुनेछ र आम निर्वाचनको तयारी कसरी गर्ने भन्ने विषय उल्लेख गरिएको प्रवक्ता खतिवडाले बताए।
‘यसमा प्रस्तुत गरिएका विषयहरूलाई केन्द्रीय परिषद्को बैठकमा लगिनेछ। विभिन्न समूहमा विभाजन गरेर राय र सुझावहरू संकलन गरिनेछ,’ उनले भने।