प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूसँग मंगलबार छलफल गरेका छन्।
बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनका अवस्थाबारे प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूसँग छलफल गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बजेट कार्यान्वयन अवस्था र कार्ययोजनाबारे प्रधानमन्त्रीले मन्त्रीहरू र सचिवहरूसँग छलफल गरेका हुन्।
प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूलाई प्रभावकारी ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएका थिए।