सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ।
बिहीबार १ बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषदको नियमित बैठकले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।
‘आजको बैठक नियमितनै हो। त्यो बैठकको मुख्य एजेण्डा निर्वाचनको मिति घोषणा हो,’ ती मन्त्रीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने सहमति गठबन्धनमा भएकाले त्यहीँ अनुसार निर्णय हुन्छ होला।’
बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो।
चुनावमा कसरी जाने भनेर छलफल गर्न सत्तारूढ गठबन्धनले भोलिका लागि बैठक बोलाएको छ।
गठबन्धनलाई निरन्तरता दिने सहमतीसहित सत्तारुढ दलहरुको बैठक भोलि शुक्रबार बिहान साँढे नौं बस्ने निर्णय बैठकमा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।