राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोकेकी छन्।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानडा जाने भएपछि शेरचनलाई यो जिम्मेवारी दिइएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिअनुसार परियार यही असोज १९ र २० गते ओटावामा आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएपछि प्रधानमन्त्रीको सिफारिसमा उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोकिएको हो।