उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईकाे विषयले सरकारमा समस्या नआउने बताएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेशले पाेखरामा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबीच फरक मत नरहेकाे बताए।
अहिले देशकाे अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेकाे भन्दै उनले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेकाे बताए।
उपप्रधानमन्त्री सिंहले कुनै याेजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भए पनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेकाे बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस- एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेकाे पनि उनले बताए। यसअघि चीनले दिने घाेषणा गरेकाे अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि उनको भनाइ थियाे।
त्यस्तै, उनले सरकार ढल्छ भनेर अफवाह फैलाइए पनि त्यसमा सत्यता नरहेकाे दाबी गरे।
'कांग्रेस सभापति शेरबहादुर देउवा बाेलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ। प्रधानमन्त्रीजीले सहमति अनुसार हस्तान्तरण हुने बताइरहनुभएकाे छ। सरकारमा समस्या छैन,' उनले भने।