नेपाली कांग्रेस सुधार अभियानले केन्द्रीय कार्यालय सानेपाको मुख्य गेटमा ताला लगाएको छ।
१५ औं महाधिवेशन मिति घोषणा र युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आइतबार युवाहरूले पार्टी कार्यालयमा ताला लगाएका हुन्।
नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगर, भुवन भट्ट, मनिष रायमाझी लगायतले नेपाली कांग्रेस सुधार अभियान भन्दै आज कांग्रेस कार्यालयमा तालाबन्दी गरेका हुन्।
‘युवाको प्रतिनिधित्व ४० प्रतिशत हुनुपर्ने र १५ औं महाधिवेशन कार्यतालिका छिटो ल्याउनुपर्ने मागसहित हामीले आज तालाबन्दी गरेका हौं,’ रिमालले सेतोपाटीसँग भने।
असोज २८ गतेदेखि सुरू कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन कार्यतालिकामा विवाद हुँदा पटक पटक स्थगित हुँदै आएको छ।
तस्बिरहरूः














सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी।