विद्युत चोरीको अभियोगमा दाङ, फूलवारी क्षेत्रबाट प्रहरीले आइतवार राति ११ जनालाई प्रक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारीमा अवैद्य रुपमा विद्युत चोरी गर्दै आएका व्यक्तिहरुलाई पक्राउ गरिएको तुलसीपुर विद्युत प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले जानकारी दिए ।
‘फूलवारी क्षेत्रमा व्यापक मात्रामा विद्युत चोरी हुने गरेको गुनासो र सूचनाका आधारमा अनुगनमा जाँदा गएराति ११ जना पक्राउ परेका हुन ।’ चौधरीले भने । हुकिङ गरेर विद्युत चोरी गर्दै आएका, मिटर बक्स विना नै कालो तार मार्फत चोरी गर्दै आएका, मोटर लगाएपनि मिटर बक्समा यूनिट नचर्ने गराएका व्यक्तिहरुलाई पक्राउ गरिएको प्रमुख चौधरीले जानकारी दिए । पक्राउ गरिएका ११ जनालाई ईलाका प्रहरी कार्यालयमा राखिएको प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।
यसैबीच पक्राउ परेकाहरु वाट चुहावट अनुसारको आर्थिक जरिवाना गरिने विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख चौधरीले जानकारी दिएका छन् । आर्थिक जरिवाना गर्दै चोरी गर्ने हरेक व्यक्तिलाई न्यूनतम २ हजार बाट जरिवाना सुरु हुने र उस्ले विद्युत कति खतप गरेको छ त्यहि अनुपातमा आर्थिक जरिवाना हुने प्रमुख चौधरीले जानकारी दिए ।