दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्युु भएको छ।
राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाट निवासी ३७ वर्षीय भेषराज पौडेलको करेन्ट लागेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
सोमबार बेलुका आफ्नै घरभित्र लत्रिएको बिजुलीको तार मिलाउने क्रममा पौडेललाई करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा पौडेललको बाटोमै मृत्यु भएको घर्तीले जानकारी दिए ।
यो खबर तयार पार्दै गर्दा मृतकको शवलाई पोष्टमार्टमको लागि दाङको लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।