रोल्पाका एक जना व्यक्ति बेपत्ता भएको दुई हप्तापछि मृत फेला परेका छन्।
साउन ८ गतेदेखि बेपत्ता रहेका रोल्पा नगरपालिका वडा नं. ९ निवासी ५८ वर्षीय आशबहादुर पुन मगर आइतबार मृत अवस्थामा फेला परेका हुन्।
जिल्लाको झ्यापुर धारा भिरको मुनि मगर मृत अवस्थामा फेला परेका हुन्।
उनको त्यही भिरबाट लडेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
मगरको शव पोष्टमार्टमको लागि सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको रोल्पा प्रहरीले जानकारी दिएको छ।