दाङमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नं. ७ बागर निवासी ३३ वर्षीया झुपीकुमारी पुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घरमा पानी तान्न मोटर जोड्ने क्रममा पुनलाई मंगलबार करेन्ट लागेको थियो।
गम्भीर घाइते पुनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।