जिल्ला प्रहरी कार्यालय सल्यानले घरेलु मदिरा नष्ट अभियानको थालनी गरेको छ।
जिल्लामा भए/ गरेका अधिकांश आपराधिक घटनाको कारण मदिरा नै देखिन आएको हुँदा मदिरा नियन्त्रण अभियानमा सक्रियतापूर्वक लागेको जिल्ला प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
घरेलु मदिराले मानिसको स्वास्थ्य जोखिममा पार्नुको साथै समाजको शान्ति समेत खलबल्याएको हुँदा त्यो नियन्त्रण अभियान सञ्चालन गरिएको शाहीले बताए। यसैबीच सल्यानको शारदा नगरपालिकाको विभिन्न क्षेत्रवाट बरामद भएको दुई हजार लिटर मदिरा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको उपस्थितिमा मंगलबार मदिरा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।