काठमाडौंमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा तुलसीपुर उपमहानगरपालिकाका तीन बालिकाले सहभागिता जनाएका छन्।
नेपालका जम्मा १० जना विद्यार्थीको मात्रै सहभागिता रहेका उक्त सम्मेलनमा तुलसीपुर उपमहानगरपालिकाबाट मात्रै ३ जना बालबालिकाको सहभागिता रहेको टिच फर नेपालका नेतृत्व विकास व्यवस्थापक माधवप्रसाद देवकोटाले जानकारी दिए।
तुलसीपुरका विद्यार्थीले विभिन्न माटोबाट निर्मित कलात्मक भाडाका साथै बासको क्यान्डल समेत प्रदर्शनीमा राखेको बस्नेतले बताए। टिच फर नेपालको आयोजनामा ६४ देशका ५ सय शैक्षिक व्यक्तिहरूको सहभागिता रहेको सम्मेलनमा तुललसीपुरको पशुपति माविका कक्षा ८ मा अध्ययनरत निमा चौधरी, कालाखोला मावि कक्षा ७ मा अध्ययनरत पूजा थापा र कक्षा ६ मा अध्ययनरत अनिशा बस्नेतले सहभागिता छन्।
समुदायमा आधारित विभिन्न कुराहरूको निर्माण गरेर बालिकाले स्थानीय कलाकौशलको प्रदर्शन गरेको जानकारी दिइएको छ।
माध्यमिक तहमा शून्य दरबन्दी रहेका तुलसीपुरका ८ सामुदायिक विद्यालयहरूमा टिच फर नेपालमा १९ शिक्षकहरूले अंग्रेजी, गणित र विज्ञान अध्यापन गराइरहेका छन्।
विश्वभरका टिच फर नेपालसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको सम्मेलनमा स्थानीय तहको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे सहभागी थिए।