घरमा आगो लाग्दा एक व्यक्तिको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँमा बिजुली सर्ट भई आगो लाग्दा ३३ वर्षीय अजय उराउको मृत्यु भएको दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्तीले जानकारी दिए।
मृतक उराउ सुनसरी जिल्लाको भोक्ता गाउँपालिका वडा नं. ६ का बासिन्दा रहेको प्रहरी प्रवक्ता एवं डिएसपी घर्तीले बताए।
उराउ घरमा एक्लै सुतेका थिए। शुक्रबार राति ११ बजेतिर विद्युत सर्ट भएर आगो लाग्दा उनको घरभित्रै जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। आगो लागि हुँदा ग्यास सिलिण्डर पनि विष्फोट भएपछि उराउको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनसरी निवासी उराउ ग्याविन तारको जाली बुन्ने कामका लागि दाङ आएका थिए। ठेकेदार दिलिप गुरुङको सम्पर्कमा उराउसहित चार जना दाङमा आएर उक्त काम गर्दै आएको भए पनि अन्य तीन जना तिहार मान्न घर गएको प्रहरीले बताएको छ।
टरिगाउँस्थित रामप्रसाद पौडेलको जग्गा भाडामा लिएर उनीहरू कच्ची घर निर्माण गरी बस्दै आएका थिए ।