दाङमा एक जना ११ दिनकी सुत्केरीलाई नवजात शिशुसहित घर निकाला गरिएपछि उनी न्याय माग्दै हिँडेकी छन्।
घो राही उपमहानगरपालिका– १० झारवै रा निवासी २५ वर्षीया सुत्के री दुर्गा वली र उनको नवजात शिशुलाई परिवारले घरबाट निकालेपछि उनी न्याय माग्दै सडकमा भौंतारिरहेकी छन्।
काखे शिशु च्यापेर न्यायका लागि सञ्चारकर्मीसँग अपिल गर्दै दुर्गाले छोरीको न्वारान भएकै दिन माइत जान श्रीमान् र परिवारजनले दबाब दिएको बताइन्।
‘न्वारान भएकै दिन माइत जाने चलन हो भन्दै मलाई दबाब दिइयो र म कात्तिक ९ गते न्वारान भएकै दिन माइती जान बाध्य भएँ’, दुर्गाले भनिन्।
१५ दिन माइतीमा बसेर घर फर्किंदा बास बस्न नदिएको दुर्गाले गुनासो गरिन्।
‘त्यही भएर म आज ३६ दिनकी छो री बो के र न्याय माग्न हिँडिरहेकी छु’ रुँदै दुर्गाले भनिन्‘ मैले कतैबाट न्याय पाइनँ र अन्त्यमा मिडियाको शरणमा आएकी हुँ।’
दुर्गाले न्यायको लागि आफ्ना पतिले अपहे लना गरे को भन्दै कात्तिक २८ गते घो राही उप–महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएकी थिइन्। न्यायिक समितिमा एक दिनभर छलफल भए पनि समाधान निस्किएन ।
त्यसपछि दुर्गा कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालयमा पुगिन् र परिवारविरूद्ध उजुरी दिइन्। तर, प्रहरीले पनि आशा गरेअनुरूप असहयोग गरेन।
प्रहरीले छलफलका लागि श्रीमानलाई आफैं खोजेर ल्याउनुपर्छ भनेपछि उनी निराश बनिन्।
‘श्रीमानलाई आफैं बोलाएर ल्याउनुहोस, हामी उहाँलाई खोजेर यहाँ ल्याउन भ्याउँदैनौं ’, प्रहरीको भनाइ उद्धृत गर्दै नेपाल पत्रकार महासंघको घोराहीस्थित कार्यालयमा पुगेर पत्रकारलाई न्यायका लागि पहल गरिदिन उनले आग्रह गरिन्।
सुत्के री दुर्गाको चिसोका कारण शरीर र अनुहार सुन्निएको स्पष्ट देखिन्थ्यो।
‘ म भन्दा पनि नानी बिरामी परेकी छ र शरीर पनि सुन्निएको छ,’– दुर्गाले रुँदै भनिन् ‘ मैले कतै बाट पनि न्याय पाउन सकिनँ।’
पति हे मराजले वास्ता गर्न छोडेपछि परिवारका अन्य सदस्यले पनि हेला गरेको दुर्गाले बताइन्।
हेमराजले तीन वर्षअघि दुर्गालाई मागी विवाह गरेका थिए। तर, अहिले पतिले चरित्रहीनको आरोप लगाउँदै आएको दुर्गाले बताइन्।
त्यही कारण देखाउँदै हे मराजले कात्तिक २८ गते जिल्ला अदालतमा सम्बन्ध विच्छेदको माग गर्दै मुद्दा हालेका छन्।
‘मैले त मिले रै बस्न चाहेको हुँ, तर मलाई ज्यानको धम्की आएपछि बाध्य भएर सम्बन्ध बिच्छे दको लागि अदालत पुगेको हुँ’ दुर्गाले भनिन्।