तालमा डुबेको भनिएका दाङका एक युवाको खोजी गर्न गोताखोर झिकाइएको छ।
बेपत्ता भएको २४ घन्टा वितिसक्दा पनि घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने १८ वर्षीय लक्ष्मण डिसीको अवस्था अज्ञात छ।
आइतबार बेलुका ४ बजे नहुाउनका लागि घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ गुलरियामा घोराही उपमहानगपरपालिकाले निर्माण गरेको कृत्रिम तालमा पसेका डिसी डुबेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
‘डिसी तालमा डुवेको केही बेरपछि नै उनको निरन्तर खोजी भइरहेको छ। तर उनी अझैं फेला पर्न सकेका छैनन्,‘ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले सेतोपाटीसँग भने।
सोमवार बिहानैदेखि खोजी गरे पनि अहिलेसम्म सफलता नमिलेको उनले बताए। ‘तालको पानी सुकाउन चार/पाँच वटा मोटरले पानी तान्दा पनि तालको पानी सुकेन। नेपाली सेना लगाएका सुरक्षाकर्मीले दिनभर खोज्दा पनि फेला पार्न सकिएन,’ एसपी पाण्डेले भने।
डिसीको खोजीको लागि गृह मन्त्रालयलाई भनेर गोताखोर दाङमा झिकाइएको एसपी पाण्डेले जानकारी दिए। ‘हामीले दुई दिन प्रयास गर्दा पनि डिसीलाई फेला पार्न सकेनौं, त्यसैले गृह मन्त्रालयलाई भनेर कुरिनटारबाट गोताखोर झिकाइएको छ’, एसपी पाण्डेले भने।
गोताखोरहरु घोराही आइसके पनि मंगलबार बिहान घाम लागेपछि खोजी सुरू हुने पाण्डेले जानकारी दिए।
जाडोमा पानीमा पस्न कठिन हुने र हुस्सु पनि लाग्ने हुँदा घाम लागेपछि डिसीको खोजी सुरू हुने उनले बताए।
साथीसँगै नुहाउँदा डिसी डुबे
आइतबार १८ बर्षीय डिसी गुलरियामा साथीहरूसँगै क्रिकेट खेलेका थिए। क्रिकेट खेलिसकेपछि डिसीसँगै उनका साथीहरु पनि नुहाउन तालमा पसे।
त्यही क्रममा डिसी डुबेको उनका साथीहरुले प्रहरी समक्ष बताएका छन्। ‘साथीसँग क्रिकेट खेलिसकेपछि साथीहरु मिलेर सँगै तालमा पौडी खेल्न पसेछन्, तर त्यही क्रममा डिसी बेपत्ता भएको भन्ने छ,’– जिल्ला प्रहरी प्रवक्ता रामप्रशाद घर्तीले सेतोपाटीसँग भने ‘त्यस बारेमा प्रहरीले उनका साथीसँग अनुसन्धान गर्दैछ।’
जलासय गहिरो हुनु, नव निर्मित तालमा पानी सुकाउन प्रयास गर्दा नसुक्नु र तालमा हिलो समेत भएको हुँदा खोजी कार्य सार्थक बन्न नसकेको डिएसपी घर्तीले बताए। ब