८ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई अदालतले ५ वर्षको कैद फैसला सुनाएको छ।
बबई गाउँपालिका वडा नं. ६ निवासी ६९ वर्षीय बुद्धिराम थापालाई दाङ देउखुरी जिल्ला अदालते मंगलबार बालिका बलात्कारमा दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले थापालाई उक्त मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको कैद र ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।
गत वैशाख १६ गते बालिकाका आफन्तले थापाविरूद्ध करणी अभियोगमा उजुरी गरेका थिए।
८ महिना पछि जिल्ला अदालतले थापालाई उक्त अभियोगमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको हो ।