दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिक बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ महिला र १३ पुरूषसहित १६ जनाको मृत्यु भएको दाङका एसपी बेलबहादुर पाण्डेले सेतोपाटीलाई जानकारी दिए।
सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गरेको विद्यार्थी र शिक्षक चढेको बस शुक्रबार साँझ दुर्घटनामा परेको हो। बसमा सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेका थिए।
धेरै हताहती भएको हुनसक्ने प्रहरीको अनुमान छ। बसमा ९ जना महिला र २२ जना पुरूष रहेको दुर्घटनामा घाइते भएका विद्यार्थीले जानकारी दिएका छन्।
यद्यपि, दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन।