राम्री दुर्घटनामा परी विद्यार्थी र शिक्षकसहित २३ जनाको मृत्यु भएको शोकमा आइतबार दाङका विद्यालयहरू बन्द गरिएका छन्।
स्थानीय सरकारहरूले पनि आइतबार एक दिनका लागि शोकमा सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।
तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको शिक्षा समितिले शोकमा आइतबार एक दिन सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न आग्रह गरेका छन्।
त्यस्तै, निजी विद्यालयहरूको छाता संगठन प्याव्सन दाङ र एनप्याव्सन दाङले पनि एक दिनका लागि शोकमा विद्यालय बन्द गर्न आग्रह गरेका छन्।
जिल्लामा यतिधेरै विद्यार्थी र शिक्षक एउटै दुर्घटनामा मृत्यु भएको यो नै पहिलो घटना हो।
प्याव्सन दाङका अध्यक्ष यादव गिरीले शोक विज्ञप्ति प्रकाशित गर्दै भनायक दुर्घटनाको शोकमा एक दिन सम्पूर्ण विद्यालय बन्द गरिएको जानकारी दिएका छन्।