सप्तरीमा पोखरी तथा नहरमा डुबेर एकै दिन तीन जनाको मृत्यु भएको छ।
तीन अलग-अलग स्थानमा मंगलबार दुई बालिका र एक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका-२ की १२ वर्षीया सबना खातुन, खडक नगरपालिका-८ की ३ वर्षीया एलिजाकुमारी चौधरी र महादेवा गाउँपालिका-४ परसाही टोलकी ३० वर्षीया लक्षनकुमारी सदा रहेका छन्।
सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बालिका खातुनको बिहान सवा ११ बजे घर नजिकैको नहरमा लुगा धुने क्रममा डुबेर मृत्यु भएको थियो।
यसैगरी, चौकीको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेको अवस्थामा अपरान्ह सवा पाँच बजे फेला परेकी थिइन्।
यसैगरी, सदाको पोखरीमा भाँडा मस्काउन जाँदा अपराह्न साढे चार बजे डुबेर मृत्यु भएको काफ्लेले बताए।
तिनै जनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।