चार लाख नगदसहित प्रहरीले झापाबाट १७ जनालाई पक्राउ गरेको छ।
जुवा खेलिरहेको अवस्थामा झापाको दमकबाट गए राति उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
दमक नगरपालिका वडा नम्बर १ का एक स्थानीयको एक तले घरमा जुवा खेलिरहेका उनीहरूलाई झापा प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले चार लाख २७ हजार छ सय नगद, कौडा र १७ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।