सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको ज्यान गएको छ। प्रहरीका अनुसार विरेन्द्रनगर नगरपालिका २ रानीघाटका लालबहादुर पुलामीको हावाहुरीले किचेर मृत्यु भएको हो।
दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो। सोही रूखले किचेर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै हावाहुरीले रेडियो सुर्खेत एफएमको टावरसमेत ढलाएको छ। टावर ढलेपछि रेडियोको प्रशारण रोकिएको छ।