काठमाडौं उपत्यकामा शुक्रबार मतदान सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार मतदान अझै नसकिएकाले सार्वजनिकसहित सबैखाले यातायातका साधन सञ्चालन गर्न सबै मतदान प्रक्रिया पूरा हुनुपर्नेछ।
महाशाखाका सहायक प्रवक्ता डिएसपी बालनरसिंह राणाले मतदान सकिएपछि मात्र उपत्यकामा यातायातको साधन चल्न दिइने बताए।
उनले आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै मतदान प्रक्रिया सकिएपछि छाडिने बताए।