नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ।
पारिवारिक स्रोतका अनुसार आइतबार साँझदेखि ज्वरो आएपछि उनले सोमबार कोरोना परीक्षण गराएका थिए। परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो।
कुलमानको परिवारमा उनकी श्रीमती र छोरालाई पनि संक्रमण देखिएको छ।
उनलाई ज्वरो आउनेबाहेक अरू अवस्था सामान्य छ। उनी केही दिन आइसोलेसनमा बस्ने बताइएको छ।
कुलमानले कोरोनाविरूद्धको बुस्टर डोज खोप पनि लगाएका थिए।