बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका एक जनालाई भक्तपुरबाट पक्राउ गरेको छ।
चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरले उनलाई ५८ लाख ९६ हजार ५०० रुपैयाँ जरिवाना र एक महिना १५ दिन कैद सजाय सुनाएको थियो।
सो सजाय कार्यान्वयन नगरी फरार रहेका उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
सजाय कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ।