दाङमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।
शनिबार दिउँसो सवा ३ बजे घोराही उपमहानगरपालिका-३ भैंसीबगाउने खोला नजिकै बस दुर्घटना हुँदा ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर ओलीले जानकारी दिए।
रा १ ख १८४५ नम्बरको बस घोराही-लमही सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
बस चालकको अवस्था गम्भीर छ। उनी लगायत घाइतेको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
उनीहरूको उपचार भइरहेको छ।