पहिरो खस्दा अवरूद्ध नागढुंगा सडक एकतर्फी सञ्चालनमा छ।
चन्द्रागिरि नगरपालिका-२ स्थित चेकप्वइन्टबाट टायलघरतर्फ २/३ सय मिटर पर केही साँघुरो सडकमा माथिबाट रूखसहितको पहिरो खस्दा बुधबार सडक पूर्ण अवरूद्ध थियो।
साँझसम्म एकतर्फी यातायात सञ्चालन गरिएकोमा बिहीबार बिहानसम्म एकतर्फी नै सञ्चालनमा रहेको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए।
उनका अनुसार पहिरो पन्छाउनका लागि जेसिबी र टिपरहरू तयारी अवस्थामा राखिएको छ। राति पनि पहिरो खसिरहेकाले पन्छाउने काम रोकिएको र बिहान १० बजेदेखि सुरू गरिने उनले बताए।
‘अहिले काठमाडौं भित्रिने गाडीहरूको चाप बढी छ। बिहान १० बजेपछि गाडीको प्रेसर कम हुन्छ। त्यसपछि दुईतर्फी नै खुलाउनका लागि काम गर्छौं,’ प्रहरी निरीक्षक थपलियाले भने।
मौसमपनि बुधबारभन्दा आज केही सुधार रहेकाले पहिरो पन्छाउन केही सहज हुने उनले बताए। मा
काठमाडौं भित्रिने साना गाडीहरू र मोटरसाइकललाई धार्केबाट सितापाइला निस्कने बाटो प्रयोग गर्ने सुझाइएको छ।
मौसम सहज भए पहिरो आज पन्छाइसकिने इन्स्पेक्टर थपलियाले बताए।