काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बलम्बु स्कुलसँगैको घरमा शंकास्पद वस्तु फेला परेको छ।
बिहीबार बिहान विद्यालय नजिकैको एउटा घरको आगनमा शंकास्पद वस्तु फेला परेको हो।
प्रेसर कुकरजस्तो शंकास्पद वस्तु भेटिएपछि प्रहरी प्रभाग बलम्वुबाट प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटनास्थल पुगेको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बिहान ८ बजे प्रहरीलाई शंकास्पद वस्तु फेला परेको जानकारी आएपछि घटनास्लमा प्रहरी परिचालन गरिएको बताए। त्यहाँ प्रहरीले हेर्दा झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु रहेको पाइएपछि उक्त क्षेत्र सुरक्षित गरिएको छ।
शंकास्पद वस्तु भएकाले खतरा हुन सक्ने आकलनमा सेनाको बम डिस्पोजल युनिटलाई पनि खबर गरिएको र सेनाको टोली अहिले शंकास्पद वस्तु भेटिएको स्थानमा पुगिसकेको एसपी अधिकारीले जानकारी दिए।
सबै तस्बिरः रोशन दानी।