बाराको सिमारा विमानस्थलमा धेरै भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो एक घन्टामा ६४.२ मिलिमिटर वर्षा भएको छ।
बाराकै परवानीपुरमा पछिल्लो एक घन्टामा ३२.६ मिलिमिटर वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रका अनुसार बाराको दुधौरा, पसाहा, लाल बकैया लगायत नदीमा जल सतह बढ्ने सम्भावना छ।
वर्षा नरोकिएकाले तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन पनि भनिएको छ।