कमला नदीमा नयाँ पुल बनाउने सहमति भएको छ।
निर्माणधीन पुल अलपत्र परेपछि १० जना अभियान्ताहरू नयाँ पुल निर्माण प्रक्रिया थाल्न माग गर्दै मंगलबारदेखि आमरण अनसनमा बसेका थिए।
शुक्रबार बिहान मुख्यमन्त्रीसहितको वार्तामा दुईपक्षबीच चार बुँदे सहमति भएपछि अभियान्ताहरूले अनसन तोडेका हुन्।
उनीहरूलाई मुख्यमन्त्री सतिशकुमार सिंहसहित मन्त्रीहरूले जुस खुवाएर अनसन तोडाएका हुन्।
२०६८ सालबाटै निर्माणधीन कमला पुल कहिले बन्ने यकिन नरहेकाले त्यसनजिक नयाँ पुल निर्माण गर्न माग गर्दै सिरहा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, औरही गाउँपालिका जनप्रतिनिधि सहित १० जना अभियन्ता मंगलवार बेलुकीबाट आमरण अनसन बसेका थिए।
आन्दोलनको समर्थनमा सिरहा बजार नै दुई दिन बन्द रहयो।
यसबीचमा मुख्यमन्त्री, प्रदेशशका मन्त्रीहरु र अनसनकारीबीच यसबीचमा पटक पटक छलफल भएको थियो।
चार बुँदे सहमतिमा नयाँ कमला पुलको निर्माण गर्ने र त्यसका लागि आगामी आर्थिक वर्ष बजेटमा राख्न संघीय सरकारलाई पहल गर्ने र नभए सम्पूर्ण बजेट मधेस प्रदेश सरकारको स्रोतबाट ब्यहोर्ने उल्लेख छ।
पुल बनाउनका लागि आगामी मंसिरदेखि नै डिपिआर गर्ने टेण्डर आह्वान गरिहाल्ने सहमति भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
नयाँ पुल बनाउन माग गर्दै औरही गाउँपालिका-३ का वडाध्यक्ष जिवछ यादव, सिरहा नगरपालिकाका-४ का वडाध्यक्ष सम्साद आलम, औरहीऔ-४ का वडाध्यक्ष सुरेन्द्र यादव, सिरहा-६ का वडाध्यक्ष इन्द्रजित यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, इन्जिनियर शिवशंकर यादव, शैलेश गोइत, हिन्दुसम्राट सेनाका मनिष कुमार यादव, सिरहा-८ का वडासदस्य रूपेश कुमार यादव आमरण अनसनमा बसेका थिए।
कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि इन्जिनियर र जनप्रतिनिधिसहित १० जना अनसनमा